पोखरा । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शुक्रबार आफ्नै निवासको बाथरुममा लडेर गम्भीर घाइते भएका छन्।
टाउकोमा रगमत जमेको उनको मनिपाल शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ।
घटनालगत्तै फेवासिटी अस्पताल पुर्याइएका उनलाई त्यहाँबाट काठमाडौंस्थित न्यूरो अस्पताल रेफर गरिएको थियो। तर हेलिकप्टर व्यवस्थापन हुन नसकेपछि मनिपाल लगिएको हो। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
-डिसी नेपाल ।